दफा १७
शरण दिन नपाउने
यस ऐनमा जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रले आफ्नो कार्यालय भवन र हाताभित्र नेपालको कानुनद्वारा पक्राउ गरिने व्यक्ति वा अन्य देशमा सपुर्दगी गरिनु पर्ने व्यक्ति वा कानुनी तथा न्यायीक कारबाहीबाट उम्कन खोज्ने व्यक्तिलाई शरण प्रदान गर्न पाउने छैन ।